Section 73
श्रमडेस्कको व्यवस्था
: (१) वैदेशिक रोजगारमा जान लागेको कामदार यस ऐन बमोजिम जान लागेको हो होइन भन्ने सम्बन्धमा जाँच गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा र आवश्यकता अनुसार अन्य स्थानमा श्रम डेस्क राख्नेछ ।
(२) उपदफा (१) बमोजिमको श्रम डेस्कले कामदारसँग श्रम स्वीकृति, अभिमुखीकरणको प्रमाणपत्र, पैसा तिरेको रसिद वा भौचर लगायतका आवश्यक कागजात भए नभएको जाँच गर्नेछ ।
(३) उपदफा (१) बमोजिमको श्रमडेस्कले वैदेशिक रोजगारमा गएका कामदारको अभिलेख सहितको प्रतिवेदन प्रत्येक हप्ता मन्त्रालयमा पठाउनु पर्नेछ ।